१७० घरधुरीलाई निःशुल्क सोलार वितरण

जाजरकोट, १० असोज । ठुलीभेरी नगरपालिका–९ डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतीपुर, डाँगीबाडालगायतका बस्तीका नागरिकलाई भेला गरेर सोलार वितरण गरिएको हो ।

नगरपालिकाको रु २० लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रु ५० लाख गरेर कूल रु ७० लाख अनुदान सहयोगमा सम्पूर्ण वडावासी लाभान्वित हुने गरी सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिनुभयो । जनताको मागअनुसार प्रत्येक घरधुरीलाई २०० वाटको प्यानल र १५० एम्पियरको ब्याट्री निःशुल्क वितरण गरिएको भण्डारीको भनाइ छ ।

“वर्तमान अवस्थामा सेवा दिइरहेको दुनैस्थित जैरीगार्ड जलविद्युत्को घण्टौँ लोडसेडिङका कारण जनताले हैरानी खेपेका थिए, उक्त समस्यालाई मध्यनजर राख्दै सोलार खरिद गरिएको हो, अब नागरिक अन्धकारबाट मुक्त भएका छन्”, उहाँले भन्नुभयो ।

प्रत्येक घरधुरीलाई खरिद र ढुवानीसहित रु ३९ हजार ५०० मूल्य बराबरको सोलार वितरण गरिएको भण्डारीले बताउनुभयो । भरपर्दो बत्तीको सुविधा नहुँदा प्रायः अन्धकारमा बस्दै आएका आफूहरुले सोलार पाउँदा खुसी लागेको स्थानीयवासी सुनकुकारी कठायतले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।