प्रदेश १ मा आज १७९ जनामा कोरोना संक्रमण पुष्टि,३ को मृ त्यु

विराटनगर, १० असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण भएको छ । ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा ८, भोजपुरमा १, खोटाङ, संखुवासभा, तेहृथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा १८, विर्तामोडमा १४, कनकाईमा १०, शिवसताक्षी, बुद्धशान्ति, अर्जुनधारा र कमल गाउँपालिकामा ५–५, मेचीनगर र झापा गाउँपालिकामा ३–३, गौरादह र गौरीगञ्जमा १–१, मोरङको विराटनगरमा ३६, उर्लाबारीमा ४, रतुवामाईमा ३, लेटाङ, बेलबारी, पथरीशनिश्चरे, सुन्दरहरैचा र केराबारीमा २–२, बुढीगंगा, ग्रामथान र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ८, रामधुनीमा ५, बराहक्षेत्रमा ३, धरानमा २, देवानगञ्ज, इनरुवा, दुहवी र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदयमा ३, इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङमा १, भोजपुरको भोजपुर नगरपालिका, खोटाङको खोटेहाङ, संखुवासभाको खाँदबारी, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६१ महिला र १४६ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖