चाडपर्वका लागि घर फर्किने नेपाली बढ्दै

दार्चुला, ११ असोज । दशैंतिहार जस्ता चाडपर्व नजिकिँदै गएपछि यहाँ भारतबाट घर फर्किने नेपाली सीमामा बढ्न थालेका छन् । यहाँका पुलघाट नाका, दत्तु नाका, लेकमको लाली नाका र व्यासको तिगरम नाका भएर अहिले दिनहुँ घर फर्किने नेपाली बढ्न थालेका छन् ।

भारतबाट घर फर्किनेको सीमामा स्वास्थ्य परिक्षणसमेत गरिन थालेको छ । असोजयता सय बढी नेपाली खलङ्गा पुलघाट नाका भएर घर फर्किएको नेपाल प्रहरीका पुलघाट इन्चार्ज मनोज खड्काले जानकारी दिनुभयो । पुलघाटमा भारतका विभिन्न क्षेत्रबाट फर्किने नेपालीको अहिले तथ्याङ्क नियमित राख्न थालेको उहाँले बताउनुभयो । उनीहरुमा कोरोनाको सङ्क्रमण नदेखियोस् भन्ने विवरण राख्न थालिएको उहाँले जानकारी दिनुभयो ।

“खेतीको काम पनि आयो, दशैं पनि नजिकिन थाल्यो”, बुधबार पुलघाट नाका भएर घर फर्किएका बझाङको बुगल नगरपालिका–८ का प्रकाश बोहराले भन्नुभयो, “अब दशैंतिहार मनाएर फेरि भारत फर्किन्छौं ।” उहाँ पिथौरागढ डिडिहाटमा काम गर्न जानुभएको थियो । यहाँका अधिकांश व्यक्ति भारतबाट दशैंतिहारमा घर फर्किने गर्छन् । अहिले गाउँमा धान काट्ने, मकै काट्ने, खर काट्नेलगायतको कामको चटारो हुने भएपछि घर फर्किने बढेका हुन् ।

अहिले दार्चुलाबाट धनगढी तथा महेन्द्रनगर जाने बस पनि खचाखच भरिन थालेका छन् । चाडपर्वका कारण अहिले बसहरुमा यात्रु भरिन थालेको सुदूरपश्चिम यातायात काउन्टरका पूर्णबहादुर बमले बताउनुभयो ।

भारतबाट आउने नेपालीलाई सीमामै कोरोनाविरुद्वको खोप

स्वास्थ्य कार्यालयले भारतबाट आउने नेपालीलाई सीमा पुलमै कोरोनाविरुद्वको खोप लगाउन थालेको छ । भारतका विभिन्न क्षेत्रबाट मजदूरी गरि फर्कने नेपालीलाई सदरमुकाम खलङ्गा पूलघाटमा कोरानाविरुद्वको खोप लगाउन थालिएको हो ।

भारतको धारचुला जोड्ने खलङ्गा पूलघाटमा दशैंतिहारका लागि घर फर्किने नेपालीलाई जोनसोन खोप लगाउन थालिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । अहिले सीमामा भारतबाट फर्किने नेपाली बढ्दै गएका छन् ।

आइतबार पूलघाटमा भारतबाट आउने २५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । टाढाबाट फर्किएकाको कोरोना परीक्षण तथा कोरोनाविरुद्वको खोप लगाउन थालिएको उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।