भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

काठमाडौँ, ११ असोज । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ ।

कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनःउत्थानका लागि उक्त परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा सङ्लग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो ।

आइतबार भोटेकोशीबाट सुरु गरिएको कार्यक्रम मङ्गलबार त्रिशूली र शुक्रबार कर्णालीमा शुभारम्भ गरिने नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज ९नारा०का महासचिव शिशिर खनालले राससलाई जानकारी दिनुभयो ।

उक्त कार्यक्रमअन्तर्गत रिभर गाईड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्नेछन् । एक मजदूरलाई १२ दिनको रोजगार दिइने उक्त कार्यक्रममा २०० रिभर गाईड एवं कर्मचारीले काम पाउनेछन् । उनीहरुले काम गरेबापत परियोजनाले दैनिक रु एक हजार प्रदान गर्नेछ ।

नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।