सबै राष्ट्र को समावेशी विकास मा बिश्व बैंक को जोड

काठमाडौँ ११ असोज । कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिबद्धता दोहो¥याउँदै दक्षिण एसियाका लागि विश्व बैंकका वरिष्ठ अधिकारीले आज आफ्नो पाँच दिने नेपाल भ्रमण पूरा गरी कार्यस्थल फर्किएको छ ।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार बैंकका उपाध्यक्ष हार्टविग सेफरलगायत अधिकारीले नेपालको भौतिक पूर्वाधारको विकासमा गरेको सहयोगका विविध पाटोमा छलफल गर्नुभएको थियो । बैंकका वरिष्ठ अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासँग अलगअलग भेट गरेको थियो । उपाध्यक्ष सेफरले नेपालको कोभिड–१९ खोपको तिव्र विस्तार तथा आर्थिक पुनरुत्थानमा जोड सहितको कोभिड प्रतिकार्यको सराहना गर्नुभएको थियो । ती बैठकले सुधार कार्यान्वयन तथा द्रूत लगानी र नेपालको दिगो विकासका लागि उच्च सहकार्यको महत्वलाई जोड दिएका थिए ।

“विसं २०७२ को भूकम्पलगायत विविध आघातबाट थप सशक्तरूपमा माथि उठेको र कोभिड–१९ महामारीबाट पनि थप सबल पुनःनिर्माणका लागि एउटा स्पष्ट नीतिसहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो”, हार्टविग सेफरले भन्नुभयो ।

“विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैंक गर्व गर्छ र नेपालको हरित, उत्थानशील र समावेशी पुनुरूत्थानका लागि हामी सरकार, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, र अन्य प्रमुख सरोकारवाला मिलेर काम गर्न प्रतिबद्ध छौँ”, उहाँले थप्नुभयो । नेपालको हरित, उत्थानशील र समावेशी विकाससम्बन्धी उच्चस्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौँ घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैंक नेपाल सरकार र विकास साझेदारको साथमा सहभागी भएको थियो ।

उक्त घोषणापत्रले ग्रिड भिजन प्रतिको नेपाल सरकारको प्रतिबद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीति, संस्थागत कार्यलगायत क्षेत्र तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनासहित साझेदारको सहयोगलाई एकताबद्ध गरेको छ ।

उच्चस्तरीय टोलीले प्रस्तावित माथिल्लो अरूण जलविद्युत् आयोजना निर्माणस्थल तथा ढल्केबर सबस्टेशनको पनि भ्रमण तथा अवलोकन गरेको थियो । विश्व बैंकले प्रस्तावित माथिल्लो अरूण जलविद्युत् आयोजनाको विकासका लागि तथा नेपाल–भारत उच्च भोल्युमको सिमापार विद्युत् व्यापारलाई सहजीकरण गर्नका लागि नेपालकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको लागि सम्भाव्यता अध्ययनमा सहयोग गरिरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।