आमा – छोराको आज बिहान दु,र्घटनामा मृ,त्यु
बुटवल, १२ असोज । रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दु,र्घटनामा आमा र छोराको मृ,त्यु भएको छ ।
मृ,त्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो ।
सो दु,र्घटनामा ग,म्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृ,त्यु भएको प्रहरीले जनाएको छ ।
“घटनाको विस्तृत अनुसन्धान हुँदैछ”, प्रहरी निरीक्षक रिजालले भन्नुभयो ।


