विभागीय टोली एपिएफ र न्यू डाइमन्ड विजयी

काठमाडाँै, १२ असोज । छैटौँ राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल एपिएफ क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लबले जीत हासिल गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको महिलातर्फको खेलमा एपिएफले तीन भारतीय खेलाडी सम्मिलिन ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै जीत हासिल गरेको हो । एपिएफले ढोरपाटनमाथि पहिलो सेट २५–११, दोस्रो सेट २५–७ तथा तेस्रो सेट २५–६ ले आफनो पक्षमा पा¥यो ।

त्यस्तै अर्काे खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै जीत हासिल ग¥यो । डायमन्डले पहिलो सेट २५–६, दोस्रो २५–५ र तेस्रो तथा अन्तिम सेट २५–१३ को जीत निकाल्न सफल भयो ।

महिला र पुरुष टोलीको विजेताले समान रु चार लाख तथा उपविजेताले रु दुई लाख प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्नेछन् ।

च्याम्पियनसिपमा सर्वोत्कृष्ट घोषित हुने खेलाडीले रु २५ हजार पाउनेछन् भने उत्कृष्ट घोषित हुने अन्य विधा स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही रु १० हजार प्राप्त गर्नेछन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।