सात महिनाअघि आ,गलागीले ध्व,स्त बनेको बजारको मुहार फेरिँदै

दिलकुमार लिम्बु,फुङ्लिङ, १३ असोज । ताप्लेजुङको सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । सात महिनाअघि आ,गलागीले ध्वस्त बनेको संरचनाको पुनःनिर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो ।

जिल्लाको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र एक ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको सङ्गमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत फागुन १९ गते बिहान भी,षण आ,गलागी भएको थियो । कुल ५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आ,गलागीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरूप अर्थात मुहार फेरिँदै गएको छ ।

हालसम्ममा ७० प्रतिशत संरचना पुनःनिर्माण भएको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताउनुभयो । करिब डेढदर्जन बढी घर संरचना निर्माणको अन्तिम चरणमा पुगेका छन् भने धमाधम निर्माणको क्रम चलिरहेको छ ।

आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकासहित तमोर पारिका चारवटा स्थानीय तहको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनःनिर्माणमा तीव्रता दिइएको स्थानीयवासीको भनाइ छ ।

साविकका २० भन्दाबढी गाविस समेटिएका हालको चारवटा स्थानीय तहका बासिन्दाको बजार अर्थात व्यापारिक केन्द्र भएका कारण पुनर्निर्माण चाँडो भएको मेरिङ्देन गाउँ कार्यपालिका सदस्य एवं प्रवक्ता सूर्यमान बराइली बताउँछन् । उहाँका अनुसार चारवटै गाउँपालिकाका स्थानीय उपभोक्ताको सबै उपभोगका सामान खरिद बिक्री गर्ने केन्द्र दोभान बजार नै हो ।

पछिल्लो समय गाउँगाउँसम्म सडकको पहुँच तथा यातायात सुविधा पुगे पनि बाहिरबाट आयात हुने सामान दोभान बजारमै केन्द्रित गरेर त्यसपछि मात्र गाउँ पुग्ने मैवाखोला गाउँपालिका–३ का वडाध्यक्ष थर्ककुमार चोङ्बाङको भनाइ छ ।

त्यस्तै ग्रामीण क्षेत्रमा उत्पादित अलैँची, अम्रिसो, अदुवालगायत निकासी हुने सबै वस्तु दोभान बजारमै केन्द्रित गरेर बाहिर निर्यात गर्ने गरिन्छ । यसरी जिल्लाको एक मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनःनिर्माणमा सुरुदेखि नै तीव्रता दिन थालिएको स्थानीयवासी बताउँछन् ।

व्यापारिक केन्द्रका साथै अग्निपीडितले पुनःस्थापित हुनुपर्ने भएकाले संरचना पुनर्निर्माणमा चाँडो गर्नुपर्ने बाध्यता भएको उनीहरुको भनाइ छ । केही बचत भएको रकम खर्चिएर तथा ऋण काढेर भए पनि घर संरचना पुनर्निर्माण गर्नुको विकल्प नभएपछि आगलागीका विस्थापितले संरचना निर्माणको कार्य सुरु गरेका अग्निपीडित भोला पौडेलले बताउनुभयो । उहाँका अनुसार केहीबाहेक अधिकांश घरधनी अग्निपीडितले नयाँ संरचना बनाउन थालेका छन् ।

यता आ,गलागी भएको दोभान बजारमा नयाँ संरचना निर्माण गर्नका लागि स्थानीय सरकारका रूपमा रहेको मेरिङ्देन गाउँपालिकाले भने पुनर्निर्माण मापदण्ड बनाएको छ । नयाँ संरचना निर्माणमा पिलर (खम्बा) सहित इँटा तथा ढुङ्गा प्रयोग गरेर अनिवार्य पक्की घर निर्माण गर्नुपर्ने गाउँपालिकाले मापदण्ड बनाएको थियो । हाल सोही मापदण्डानुसार घर तथा संरचनाहरु निर्माण हुँदै आएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताउनुभयो ।

दोभानलाई नमूना बजारका रूपमा पुनःस्थापित गर्ने उद्देश्यले पुनर्निर्माण मापदण्ड बनाएको गाउँपालिकाले जनाएको छ । अधिकांश काठ तथा जस्तापाता प्रयोग गरेर बनाइएका कच्ची घर संरचना भएका कारण आगलागीबाट छोटो समयमै आधा बजार जलेर खरानी भएको थियो । त्यसबेलाको आगलागीले ४० करोडभन्दा बढीको क्षति भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।