धनकुटामा आज थप १ जनामा संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या २६
धनकुटा । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २६ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो १२ बजे सार्वजनिक गरेको विवरण अनुसार यस्तो जानकारी गराइएको हो ।
जस अनुसार आज १ जनामा संक्रमण पुष्टि भएको छ भने आज २ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
१९ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठ द्धारा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।
यसै गरि जिल्लामा संक्रमित भई यसै जिल्लामा मृ त्यू हुनेको संख्या १२ रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ त्यू हुनेको संख्या १७ रहेको जनाइएको छ । यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यू हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।


