विश्व मुटु दिवसको अवसरमा धनकुटामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न
धनकुटा,१३ असोज । विश्व मुटु दिवसको अवसरमा धनकुटामा मिनी म्याराथन प्रतियोगिता आयोजना गरिएको छ ।

पूर्वप्रहरी संस्थाको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ३० जना र महिलातर्फ ७ जना धावक सहभागी भएका थिए। धनकुटाको बसपार्कबाट सुरु भएको प्रतियोगिता तमोरभ्याली, धनकुटा एफमएम, मदनचोक, , भीमनारायण चोक, माथिल्लो कोप्चे, , तल्लो कोप्चे, यलम्बर चोक, हुँदै मदनचोकमा आएर समापन भएको थियो।
प्रतियोगितामा पुरुषतर्फ रोशन तामाङ प्रथम, सलिन राई दोस्रो र सुशील लिम्बू तेस्रो भएका छन्। उनीहरूले क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका छन्। महिला तर्फका खेलाडीले प्रथम रेनुका तामाङ, दास्रो मन्दिरा तामाङ दोस्रो र तृतिय एलिना लिम्बू हुनु भएको थियो । उहाँहरुल क्रमश नगद ४ हजार, ३ हजार र २ हजार प्राप्त गरेको पूर्व प्रहरी संस्थाका सहसचिव डम्बर कटुवालले जानकारी दिनु भयो ।
कार्यक्रमको प्रमुख अतिथी धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, बिशेष अतिथीमा पूर्व डीआइजी दिनेश अमात्य, जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख नहकुल पोख्रलले लगायतको उपस्थिती रहको थियो । कार्यक्रमको संचालन पूर्व प्रहरी संस्थाका सहसचिव डम्बर कटुवालले गर्नु भएको थियो भने पूर्वप्रहरी संस्थाका अध्यक्ष योगेन्द्र कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।


