नेपालको सहभागिता बिआरआई साहित्यिक सञ्जालमा

काठमाडौँ, १४ असोज । चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ ।

चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रहेको सो नेटवर्कले साहित्य, संस्कृति तथा सभ्यताको अध्ययन–अनुसन्धान, अनुवाद, प्रतिलिपि अधिकारको संरक्षण, प्रकाशन, साहित्यिक एवं सांस्कृतिक आदानप्रदान आदि गर्ने उद्देश्य लिएको छ । बेल्ट एण्ड रोडसँग जोडिएका सयभन्दा बढी देशका सरकारी प्रज्ञा–प्रतिष्ठानलाई समेटेर उक्त सञ्जालको स्थापना गरिएको हो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भर्चुअल माध्यमबाट संयुक्त बैठकलाई सम्बोधन गर्दै आफ्ना वैभव र अनुभवको आदानप्रदान गर्न यो साझा मञ्च निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो प्रतिस्पर्धी संसारमा हामी एक्लै हिँडेर कहीँ पुग्न सक्दैनौँ, आपसी समझदारीका साथ एकापसमा सहकार्य गरेमा हामी अवश्य पनि लक्ष्यमा पुग्ने छौँ, त्यसका लागि यो उपयुक्त मञ्च हुनेछ ।”

चिनियाँ लेखक सङ्घका अध्यक्ष थी निङ समारोहमा उपस्थित हुनुभएको थियो । उहाँले आजको युगमा आपसी सहकार्यको अपरिहार्यता रहेको उल्लेख गर्दै बेल्ट एण्ड रोड साहित्यिक सञ्जालले यस क्षेत्रमा असीमित कार्य गर्नसक्ने बताउनुभयो ।

माओ तुन साहित्य पुरस्कार विजेता ल्यु चेनयुन, गे केइ र अनलाइन साहित्य लेखक थान्जिया सानसाओसहित चिनियाँ प्रतिनिधि लेखक÷साहित्यकार, चीन पब्लिसिङ्ग गु्रप, पिपुल्स लिटरेचर पब्लिसिङ्ग हाउस, पिपुल्स लिटरेचर पत्रिका, राइटर्स पब्लिसिङ्ग हाउसका प्रतिनिधि, अन्य प्रकाशन संस्थाका प्रतिनिधिका साथै चिनियाँ कम्युनिस्ट पार्टीका नेतासमेत समारोहमा सहभागिता थियो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।