ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण

देउखुरी, १५ असोज । दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ । यो वर्ष गत वर्षभन्दा ज्यूँदो खसीको खरिद मूल्यमा प्रतिकेजी रु १५ र बोकाको खरिद मूल्यमा रु ४५ ले वृद्धि गरिएको छ ।

बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बोधन गर्दै मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । बैठकले २५ किलोभन्दा माथिको ज्यूँदो खसीको मूल्य रु ५६५ र २० केजीदेखि २४ केजीसम्मको खसीको मूल्य प्रतिकेजी ५५० निर्धारण गरेको छ । त्यस्तै १८ केजीभन्दा माथिको ज्यूँदो बोकाको खरिद मूल्य प्रतिकेजी रु ५४५ निर्धारण गरिएको खसीबोका खरिद समिति जनाएको छ ।

गत वर्ष किसानबाट ज्यूँदो खसी २० देखि २५ केजीसम्मको रु ५५० र त्योभन्दा माथिकोलाई प्रतिकेजी रु ५३५का दरले खरिद मूल्य निर्धारण गरिएको थियो । त्यसैगरी अघिल्लो वर्ष बोका १८ केजीभन्दा माथिको प्रतिकेजी रु ५५० का दरले कम्पनीले खरिद गरेको थियो ।

कम्पनीले गत वर्ष दशैँमा ८०१ वटा खसीबोका काठमाडौँ पठाएको थियो । यो वर्षको दशैँ तिहारका लागि एक हजार र ६०० वटा खसीबोका पठाउन लिखितरुपमा पत्राचार भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालयका प्रमुख नहकुल चौधरीले जानकारी दिनुभयो ।

दशैँ तिहारका लागि यहाँबाट एक हजार खसी बोेका खरिद गरि काठमाडौँ पठाइने छ । पहिलो चरणमा ६०० दोस्रो चरणमा बाँकी खसीबोका खरिद गरेर पठाउने तयारी रहेको उहाँको भनाइ थियो । खसीबोका यही असोज २२ गते काठमाडौँ पुग्ने गरी पठाउने तयारी भएको छ ।

लिमिटेडले दशैँ, तिहार र छठपर्वका अवसरमा खसीबोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । योबाहेक खसीबोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम काठमाडौँका व्यवसायीका लागि खसीबोका पठाउँदै आएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।