३ सय ९५ जनालाई कोरोना विरुद्धको खोप
धनकुटा । धनकुटा नगरपालिका वडा नं १ हिलेका ३ सय ९५ जनालाई कोरोना भाईरस विरुद्धको खोप लगाईएको छ ।
यो संगै वडामा कोरोना विरुद्धको पहिलो चरणको खोप लगाउने कार्य अन्तिम चरणमा पुगेको वडाका कार्यवाहक अध्यक्ष लालचन्द्र गोङवाले जानकारी दिनुभयो ।
विभिन्न उमेर समूहका वडाका नागरिक सहित साप्ताहिक बजार भर्न आएकाहरुलाई पनि भेरोशेल र एस्ट्राजेनिका खोप लगाईएको उहाँले वताउनुभयो ।
अब यस वडामा वालवालिका र १२ देखी १८ वर्ष समूहका मात्र पहिलो चरणको खोप लाउन बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो । यो वडाबाट यस अघि पनि विभिन्न चरणमा कोरोना संक्रमण विरुद्धको भेरोसेल, एस्ट्राजेनिका र जोनसोन एण्ड जोनसन खोप लगाईएको थियो ।


