साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ता मर्कामा

सुर्खेत, १५ असोज । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ता मर्कामा परेका छन् । साल्ट ट्रेडिङले चिनी उपलब्ध गराउन नसकेपछि प्रदेश राजधानी वीरेन्द्रनगरका उपभोक्ता महँगोमा चिनी किन्न बाध्य छन् ।

सरकारी स्वामित्वको यस कार्यालयले चिनी प्रतिकेजी रु ७९ मा उपभोक्तालाई बिक्री गर्दथ्यो। बजार मूल्य प्रतिकेजी रु १०० छ । राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश अध्यक्ष विन्दुलाल रेग्मीले सरकारी कम्पनीको गोदाममा चिनी नभएपछि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको गुनासो गर्नुभयो ।

“सरकारी गोदाममा चिनी नभएको मौका छोपेर व्यवसायीले आफूखुसी मूल्य बढाएका छन्”, उहाँले भन्नुभयो, “दशैँ नजिकिँदैछ, “विपन्न उपभोक्ताले बजारको महँगो चिनी किनेर चाडपर्व मनाउन सक्ने अवस्था छैन, यस्तो अवस्थामा सरकारी कम्पनीले छिटो ढुवानीको प्रक्रिया अघि बढाउनुपथ्र्यो ।” प्रभावकारी बजार अनुगमन नहुँदा व्यवसायीले खाद्यवस्तुको मूल्य मनपरि बढाएको उहाँको भनाइ छ ।

लिमिटेडका निमित्त कार्यालय प्रमुख पारसनाथप्रसाद चौधरीले चिनी ढुवानीका लागि अर्थ मन्त्रालयले खरिद स्वीकृति नदिँदा भारतबाट चिनी आयात हुन नसकेको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले नुन प्रतिकेजी रु १८ मा बिक्री गर्ने गरेको छ ।

अघिल्ला वर्षहरुमा दशैँ–तिहारमा सहुलियतमा नुन र चिनी बिक्री गर्दै आएको कार्यालयले यसपटक चिनीको ढुवानी नभएको र गोदाममा पनि मौज्दात नभएको जनाएको छ । यही असोज ४ गतेदेखि कार्यालयले आफ्नै गोदामबाट नुन बिक्री वितरण गर्दै आएको छ । गोदाममा झण्डै तीन हजार क्विन्टल नुन मौज्दात छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।