जिपले ठ,क्कर दिँदा पाँच छात्रा सख्त घा,इते ,चालक फ,रार
सल्यान, १५ असोज । आज दिउँसो डबल क्याप जिपले ठ,क्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् ।
सल्यान रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु२च ५७०१ नंको जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली भएकोे जिल्ला इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ ।
शिवजन माविमा कक्षा १२ मा अध्ययनरत ती छात्रा सडकको छेउमा बसिरहेका बेला तीव्र गतिमा आएको जिप अनियन्त्रित भई दु,र्घटना भएको प्रहरीको भनाइ छ । घा,इतेहरुको छाती तथा मुखमा चोट लागेको र अवस्था ज,टिल भएकाले उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
जिपमा सवार चारजना भने सकुशल थिए । जिप सडकभन्दा १० मिटर तल खसेको थियो । दु,र्घटनापछि जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वली फ,रार रहेकाले उनको खोजी भइरहेको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिनुभयो ।


