शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह

भक्तपुर, १५ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गर्नुभएको छ । ख्वप इन्जिनियरिङ कलेजद्वारा आज आयोजित ‘एम.ई.इन अर्थक्वेक र एम.एस.सी.इन अर्बान डिजाइन र कन्जर्भेसन’ विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षामा गरिएको लगानी खेर नजाने बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर जाँदैन, त्यसैले सरकारले शिक्षामा लगानी वृद्धि गर्नु आवश्यक छ, स्थानीय तहहरुले कलेज तथा विश्वविद्यालय सञ्चालन गरेमा जनताले सस्तो र गुणस्तरीय शिक्षा पाउन सक्छन् ।”

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सो कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् नगरप्रमुख सुनिल प्रजापतिले स्थानीय तहले सञ्चालन गरेको ख्वपअन्तर्गतका कलेजबाट देशभरिका विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने अवसर पाएको चर्चा गर्दै इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुमा इमानदारिताको खाँचो औँल्याउनुभयो । उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र संवद्र्धनमा विद्यार्थी लाग्नुपर्नेमा जोड दिनुभयो ।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले पहिलोपटक स्नातकोत्तर तहमा भू,कम्प र ग्रामीण विकासको विषयको अध्यापन ख्वप इन्जिनियरिङ कलेजबाट सुरु भएको जनाउँदै सम्पदा संरक्षण तथा सभ्य सहर निर्माण महत्वपूर्ण रहेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।