कलिला बालबालिका बाँसको टहरामुनि पाल टाँगेर पढ्न बाध्य

बागलुङ, १६ असोज । प,हिराले विद्यालय भवन भत्केपछि यहाँका कलिला बालबालिका बाँसको टहरामुनि बसेर पढ्न बाध्य छन् । गत भदौ २४ र २५ गतेको प,हिराले काठेखोला गाउँपालिका–१ पालास्थित सरस्वती प्राथमिक विद्यालयको आठ कोठे भवन क्ष,तिग्रस्त बनाएको थियो ।

नजिकै सडकछेउ पाल टाँगेर बनाइएका अस्थायी टहरामा विद्यालयको पठनपाठन भइरहेको प्रधानाध्यापक बलबहादुर थापाले बताउनुभयो । दुई टहरामा कक्षा ५ सम्मका बालबालिकाले आलोपालो गरेर पढ्छन् । “प,हिराका कारण छ कोठा पूर्णरुपमा क्ष,तिग्रस्त भए, बाँकी दुई पनि प्रयोग गर्न नमिल्ने स्थितिमा छन्”, प्रअ थापाले भन्नुभयो, “कुनै विकल्प नभएपछि बालबालिकालाई टहरामा राखेर पढाउन बाध्य भयौँ ।”

टहरा बनाउन रेडक्रस जिल्ला शाखाले दुई, स्थानीय जनएकता सामुदायिक संस्थाले एउटा र गाउँलेले दुई पाल विद्यालयलाई दिएका थिए । बाँस पनि घरगाउँबाट उठाइएको प्रअ थापाले बताउनुभयो । विद्यालय पहिलेदेखि नै प,हिराको जो,खिममा थियो । पाँच सय मिटरमाथिबाट पहिरो आउँदा विद्यालय पुरिएको हो । भवनमा क्षति पुग्दा विद्यालयको प्रशासनिक कार्यालयसमेत छैन । कक्षाकोठा नहुँदा बालबालिका कठिन स्थितिमा छन् । शिक्षकलाई सिकाइ सहजीकरणका लागि पनि समस्या छ ।

भवन पुनःनिर्माणका लागि गाउँपालिकादेखि प्रदेश सरकारसम्म विद्यालयले निवेदन दिएको छ । केही दिनअघि प्रअलगायतको टोलीले प्रदेशको अर्थ, सामाजिक विकासलगायतका मन्त्रालयमा पुगी मागपत्र पेश गरेको थियो । गाउँपालिकाको विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालयलगायतले पनि विद्यालयमा पुगेको क्ष,तिको जानकारीसँगै पुनःनिर्माणका लागि सम्बन्धित निकायमा सिफारिस गरेका छन् ।

स्थलमा पुग्दा विद्यालयले भोगेको समस्या प्रत्यक्षरुपमा देख्नुभएका नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरेले भवन पुनःनिर्माणमा सरकारी तबरबाट तत्काल माग सम्बोधन हुनुपर्ने बताउनुभयो । विद्यालय भवन नहुँदा सबै कक्षाका बालबालिकालाई एउटै टहरामुनि राखेर पढाउनुपर्ने दुःखदायी स्थितिको सिर्जना भएको उहाँको भनाइ छ । व्यवस्थित कक्षाकोठा नहुँदा सिकाइको प्रभावकारिता र गुणस्तर पनि खस्कने चिन्ता छ ।

“गाउँपालिकाका अध्यक्षज्यूलगायतले क्ष,तिग्रस्त विद्यालय भवनको अवलोकन गरिसक्नुभएको छ, भवन निर्माणका लागि आवश्यक समन्वय गर्छौं भन्नुभएको छ”, प्रअ थापाले भन्नुभयो । गाउँपालिकाले विद्यालय पूरै क्ष,तिग्रस्त हुँदा पनि तत्काललाई कुनै सहायता उपलब्ध गराएको छैन ।

वडाध्यक्ष खड्क थापा मगरले गाउँपालिकाले संयोजनकारी भूमिका खेलेको र माथिल्लो तहबाट सम्बोधन हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । “आर्थिक स्रोत जुटाउनेदेखि जग्गा व्यवस्थापनका काममा गाउँपालिकाले आवश्यक पहल गर्छ”, उहाँले भन्नुभयो ।

अहिले भवन रहेको क्षेत्रमा पहिराको सधैँ जोखिम हुने देखिएकाले नजिकै पायक पर्ने ठाउँमा जग्गाको खोजी भइरहेको विद्यालयले जनाएको छ । जग्गा किनेरै भए पनि विद्यालयको नयाँ भवन बनाउनुपर्ने अवस्था रहेको प्रअ थापाले बताउनुभयो ।

लामो समयको निषेधाज्ञापछि विद्यालयले भौतिक रुपमै पठनपाठन थालेका छन् । भवन नहुँदा पनि विद्यालयले आफ्ना बालबालिकालाई प्रत्यक्ष सिकाइबाट बञ्चित गरेको छैन । विद्यालयमा ५८ विद्यार्थी छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।