अनैठामा गएराति एक बालकको स,र्पले ड,सेर मृ,त्यु
जलेश्वर, १७ असोज । महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको स,र्पले ड,सेर मृ,त्यु भएको छ ।
मृ,त्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा बालकलाई स,र्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ¥याइएको थियो ।
केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृ,त्यु भएको जनाइएको छ।


