नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट विच्छेद गराएपछि समस्या

चितवन, १७ असोज । नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रले राजस्व नबुझाएको भन्दै इन्टरनेटको तार काटेकाले जिल्लामा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । केन्द्रले शनिबार बिहान इन्टरनेट प्रदायकको तार काटेर ठाउँठाउँमा अवरोध पु¥याएकाले राजश्व असुल गर्ने कार्यलय र अधिकांश बैंक तथा वित्तीय संस्थाको सेवामा समेत असर परेको छ । अनलाइनबाट पढाइ र परीक्षा दिइरहेका विद्यार्थीलाई समेत समस्या भएको छ ।

उक्त केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलले शनिबार बिहान चारवटा खम्बामा रहेका भाडा नतिर्ने इन्टरनेट कम्पनीका तार काटिएको बताउनुभयो ।

इन्टरनेट सर्भिस प्रोभाइडर एशोसियशन नेपालका सचिब कमलराज बास्तोलाले आफूहरुले सेवा अवरुद्ध नगरेको तर काटिएको लाइन नजोडिएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “भाडा चार गुणा बढेको छ । सोहीअनुसार तिर्दा शुल्क बढाउनुको विकल्प छैन ।

अत्यावश्यक सेवा भएकाले अवरोध पु¥याउनेलाई सरकारले नै कारवाही गर्नुपथ्र्यो ।” ।
प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सेवा प्रदायकलाई अव यहाँ लाइन नकाटिने सुनिश्चितता गर्दै सेवा सञ्चालन गर्न अनुरोध गरिएको बताउनुभयो । तत्कालका लागि सेवा दिएर संवाद र छलफल गर्नुपर्ने उहाँको भनाइ थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।