अब दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने

दमौली, १७ असोज। कु,कुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कु,कुर पाल्न पाउने नियम लागू गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगरपालिकाभित्र दर्ता गरेर मात्रै कु,कुर पाल्न पाउने नियम लागू गर्न लागेको हो ।

कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेबिजमुक्त बनाउन अभियान पनि सञ्चालन गर्न लागेको विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार व्यास नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ । “कु,कुर पाल्ने र बीचमा जथाभावी छाडिदिने समस्या व्यापक छ, त्यसले गर्दा सडकमा दुर्घटनाको जोखिम पनि बढाएको छ,” उहाँले भन्नुभयो, “त्यसो गर्दा रेबिजको जो,खिम पनि उत्तिकै बढ्छ ।”

कु,कुर बिरालो मानिसका साथी भएकाले यिनीहरुलाई माया गर्नुपर्ने र वर्षको एकपटक सामुदायिक र घरपालुवा कु,कुर, बि,रालोहरुलाई रेबिजविरुद्धको खोप लगाउनुपर्ने विज्ञ केन्द्रले अनुरोध गरेको छ । रेबिज रोगको लक्षण देखापरिसकेपछि कुनै उपचार नभएको र मृत्यु निश्चित भएकाले हेलचेक्र्याइँ गर्न नहुने पशु प्राविधिकको भनाइ छ ।

रेबिजविरुद्ध खोप अभियान

तनहुँमा रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरेको हो ।

अभियानका क्रममा कार्यालयले तीन सय ९५ जनावरलाई रेबिज खोप लगाएको विज्ञ केन्द्रका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कुकुर, बिरालो, बाँदरलाई खोप लगाइएको छ ।

अभियानका क्रममा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा सामुदायिक, घरपालुवा कुकुर, बिरालो र बाँदरलाई रेबिजविरुद्धको खोप लगाइएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार व्यास नगरपालिकामा मात्रै एक सय ४८ कु,कुर बि,रालोलाई खोप लगाइएको छ । ८८ सामुदायिक, ५० घरपालुवा कुकुर, आठ बि,रालो र दुई बाँदरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

त्यस्तै शुक्लागण्डकीमा ७०, बन्दीपुरमा एक सय तीन, आँबुखैरेनीमा ६५ कु,कुर बि,रालोलाई खोप लगाइएको श्रेष्ठले बताउनुभयो ।

नेपालमा सन् २०३० सम्म रेबिज उन्मूलन गर्ने लक्ष्य लिइएको छ । नेपालमा ९९ प्रतिशत कु,कुरको टोकाइबाट रेबिज हुने गरेको छ । बर्सेनि दुई सय जनाको रेबिज लागेर निधन हुने गरेको तथ्याङ्क छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।