प्रदेश १ मा आज १६८ जनामा कोरोना संक्रमण पुष्टि,४ को मृ त्यु

विराटनगर १७ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना संक्रमण देखिएको छ । ८५५ जनाको पीसीआर परीक्षण गर्दा १४८ र १८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६९, मोरङमा ४६, सुनसरीमा २०, इलाममा ५, उदयपुरमा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १५, मेचीनगर र बुद्धशान्तिमा १०–१०, भद्रपुरमा ७, अर्जुनधारा र दमकमा ६–६, कनकाईमा ५, कमल गाउँपालिकामा ४, हल्दिबारीमा ३, गौरादह, कचनकवल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३३, रतुवामाई र सुन्दरहरैचामा ४–४, रंगेलीमा २, बुढीगंगा, उर्लाबारी र मिक्लाजुङमा १–१, सुनसरीको इटहरीमा ११, धरानमा ३, गढी र इनरुवामा २–२, बराहक्षेत्र र दुहवीमा १–१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र मांसेबुङमा १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलकामा १–१, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६५ महिला र १५५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ पुरुषको मृ त्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।