ह,त्या भएको भन्दै किटानी जाहेरी दर्तापछि दुई प,क्राउ

बैतडी, १८ असोज। बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । गत भदौ १० गते भिरबाट लडेर मृ,त्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई प,क्राउ गरेको हो।

विजयका बुबा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दर्ता गराउनुभएको थियो ।

किटानी जाहेरीपछि जिल्ला अदालतबाट अनुमति मागेर उनीहरूको नाममा प,क्राउ पूर्जी जारी गरिसकेपछि आज समातेको हो । उक्त घ,टनामा संलग्न रहेका लक्ष्मण र राजेन्द्र भने फरार रहेका र उनीहरूको खोजी जारी रहेको छ ।

युवा सङ्घ नेपाल बैतडीका सदस्यसमेत रहेका विजय गत भदौ १० गते साथीसँग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्ने भिरबाट लडेर गम्भीर घा,इते भएका बताइएको थियो । घा,इते युवकको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृ,त्यु भएको थियो । लडेको भनिएको ठाउँमा त्यस्तो भिर नभएको र विजयसँग भएकाले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको ह,त्या भएको मृतकका बुबा भाटको दाबी रहेको छ । प्रहरीले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी प,क्राउ परेकामथि र घटनाबारे अनुसन्धान गर्ने जनाएको छ ।

प्रहरी दिवसका अवसरमा वृक्षरोपण र मास्क वितरण

असोज २० गते रहेको ६६औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा बैतडीमा आइतबार प्रहरीले वृक्षरोपण र मास्क वितरण गरेको छ । दिवसको अवसरमा कार्यालय परिसरभित्र विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवा गरी १६५ विरुवा रोपण गरिएको हो ।

वृक्षरोपणमा बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पाललगायत प्रहरी अधिकृत र कर्मचारी सहभागी रहेका थिए । जिल्लाका अन्य प्रहरी युनिटले पनी आ–आफ्नो कार्यालय परिसरभित्र वृक्षरोपण गरेको प्रवक्ता तथा प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । एक प्रहरी एक वृक्षरोपणअन्तर्गत वृक्षरोपण गरिएको हो ।

यस्तै जिल्ला प्रहरी कार्यालय बैतडी र सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी गोठलापानी बजारमा मास्क वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थामा बजारमा बिना मास्क हिँडडुुल गरिरहेका ३०० नागरिकलाई मास्क वितरण गरी सम्झाइबुझाइ गरी पठाएको बताइएको छ ।

‘नेपाल माक्स अभियान’ अन्तर्गत ‘तपाईको माक्स खै’कार्यक्रमअन्तर्गत मास्क वितरण गरिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय पाटनले पनि २०० थान माक्स वितरण गरेको छ । दसैँतिहारको समयमा भीडभाड बढी हुने भएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।