पहिलो पटक चौरजहारीमा किसानलाई पेन्सन

जाजरकोट, १८ असोज । पहिलो पटक चौरजहारी नगरपालिका रुकूमपश्चिमले कृषकलाई पेन्सन दिन लागेको छ । पेन्सन दिन कृषकबाट निवेदन सङ्कलन गरिएको छ । सो निवेदनबाट कृषक छनोट गरी छनोटमा परेका कृषकलाई मासिक रु एक हजारका दरले पेन्सन दिइने छ ।

आव २०७७÷७८ को निर्णयलाई चालू आवबाट कार्यान्वयनमा ल्याउन लागिएको हो । पेन्सन दिनका लागि कार्यविधि निर्माण भइसकेको कृषि शाखाका प्रमुख विमल खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “किसान पेन्सनका लागि चालू आवको पहिलो चरणमा रु पाँच लाख विनियोजन गरिएको छ, विभिन्न खेती, कृषिबाली र पशुपालनमा लागेका किसानलाई पेन्सन दिने योजना बनाएका छौँ ।”

त्यसका लागि व्यक्तिगत वा भाडाको जग्गामा कम्तीमा तीन रोपनी व्यावसायिक तरकारीखेती, पुष्पखेती वा नर्सरी स्थापना गरेको हुनुपर्नेछ । खाद्यान्न तथा तरकारीको बीउ उत्पादन गर्ने किसानले पाँच रोपनी जग्गामा खेती गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

यस्तै पाँच रोपनीमै आँप, लिची, केरालगायत फलफूलखेती गरिरहेका किसान पनि पेन्सनका लागि योग्य मानिने कार्यविधिमा उल्लेख छ । पच्चीस माउ भेडा वा बाख्रा पालेका, कम्तीमा तीन दूध दिने भैँसी वा उन्नत जातका गाई पालेका किसानले पनि पेन्सनका लागि निवेदन दिनसक्ने नगरपालिकाले जनाएको छ । पाँच सय लेयर्स वा ब्रोइलर, १०० लोकल कुखुरा, कालिज, टर्की वा २५० बट्टाई पालेका किसानलाई पनि पेन्सनका लागि योग्य मानिएको छ ।

निरन्तर पाँच वर्षदेखि व्यावसायिक कृषिमा संलग्न किसान पेन्सनमा छनोट हुने नगर प्रमुख विशाल शर्माले बताउनुभयो । यसका लागि चौरजहारीको स्थानीय बासिन्दा भने हुनुपर्नेछ । प्रमुख शर्माले भन्नुभयो, “व्यावसायिक कृषिमा लागेका किसानलाई सधैँभरि पेन्सनको परिकल्पना गरेर कार्यक्रम अघि बढाइएको हो, पेन्सनबापतको रकम हरेक चौमासिकमा किसानको खातामा जम्मा हुनेछ ।” पेन्सनबापत दिइने रकम जम्मा हुनुअघि व्यवसाय निरन्तर गरे÷नगरेको अनुगमन गरेर मात्र सो पैसा खातामा जानेछ । व्यवसाय छाडेको खण्डमा भने पेन्सन रोक्का गरिनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।