संस्थागत सु,त्केरी र गर्भ जाँच गराउने झन् घट्दै

रुकुमपूर्व, १८ असोज । रुकुमपूर्वमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने र गर्भ जाँच गराउने महिलाको सङ्ख्यामा कमी आएको पाइएको छ । संस्थागत सुत्केरी हुने र गर्भ जाँच गराउनेको सङ्ख्या गत तीन वर्षयताको अवस्था हेर्दा सो तथ्याङ्कमा कमी आएको पाइएको हो ।

रुकुमपूर्वमा गएको आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा सुत्केरी भएका कूल ६९२ जनामा ५२ प्रतिशत मात्र संस्थागत सुत्केरी भएका छन् । घरमै सुत्केरी हुनेको प्रतिशत लगभग ४८ छ । यसैगरी आर्थिक वर्ष २०७६÷७७ मा ५७१ महिला सुत्केरी भएका थिए । जसमा त्यस वर्ष संस्थागत सुत्केरी हुनेको प्रतिशत ४६ रहेको छ ।

त्यसको अघिल्लो अर्थात् आव २०७५÷७६ मा ५८५ जना सुत्केरी भएकामा संस्थागत सु,त्केरीको दर ४७ प्रतिशत रहेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन एवं सूचना अधिकारी निमप्रसाद गिरीले जानकारी दिनुभएको छ ।

यसमा पनि ५० प्रतिशत दक्ष प्रसूतिकर्मीमार्फत सुत्केरी हुने गरेका छन् भने ५० प्रतिशत अन्य स्वास्थ्यकर्मीमार्फत सुत्केरी हुने गरेका छन् । संस्थागत सुत्केरी हुने पुथाउत्तरगङ्गा गाउँपालिकामा सबैभन्दा कम रहेको छ । सूचना अधिकारी गिरीका अनुसार गएको तीन वर्षमा पहिलो वर्ष १२७, दोस्रो वर्ष ९३ जना संस्थागत सुत्केरी भएका छन् ।

यसैगरी भूमे गाउँपालिकामा पहिलो वर्ष २२५, दोस्रो वर्ष २२९ र तेस्रो वर्षमा २४० जना स्वास्थ्य संस्थामा सुत्केरी भएका सूचना अधिकारी गिरीले बताउनुभयो । सिस्नेमा भने पहिलो वर्ष २३३, दोस्रो वर्ष २४९ जना र तेस्रो वर्षमा ३०४ जना स्वास्थ्य संस्थामा गएर सुत्केरी भएका छन् ।

यसैगरी जिल्लामा गर्भ जाँच गराउनेमा पछिल्ला तीन वर्षमा करिब ४४ मात्र रहेका थिए । सूचना अधिकारी गिरीले गर्भवती भएपछि पहिलो पटक गर्भ जाँच गराउने ६० प्रतिशत हुने गरेको र चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भ जाँच गराउनेको सङ्ख्या भने ४५ प्रतिशतमा झर्ने गरेको बताउनुभयो ।

भौगोलिक हिसाबले विकट यस क्षेत्रका सबै नागरिक स्वास्थ्य संस्थाको पहँुचमा नहुनु, अज्ञानता, जनचेतनाको कमीलगायत कारणले जिल्लामा स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउने र सुत्केरी हुनेको सङ्ख्या नबढ्ने गरेको स्वास्थ्य कार्यालय रुकुमपूर्वले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।