उदयपुरको कोभिड अस्पताल बन्यो कोरोनामुक्त अस्पताल

उदयपुर, १८ असोज । चौदण्डीगढी नगरपालिकामा रहेको जिल्लाकै एकमात्र कोरोना अस्पताल ‘उदयपुर कोभिड-१९ अस्पताल’ आइतबारबाट संक्रमितमुक्त अस्पताल बनेको छ । चौदण्डीगढी नगरपालिका-६ स्थित सातधारेमा रहेको कोरोना अस्पताल ६ महिनापछि कोरोनामुक्त अस्पताल बनेको हो ।

कोरोनाको दोस्रो भेरियन्ट सुरु भएसँगै पहिलोपटक गत ९ वैशाखमा त्रियुगा नगरपालिकाका संक्रमित कोरोना अस्पतालमा पहिलोपटक भर्ना भएका थिए ।
कोभिड-१९ अस्पतालबाट आइतबार चार महिला र दुई पुरुषसहित ६ जना डिस्चार्ज भएसँगै अस्पातल खाली भएको हो ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगैको यस अवधिमा अस्पतालमा दुई सय ८२ महिला र दुई सय ४७ पुरुष गरी पाँच सय २९ जना भर्ना भएका थिए । जसमध्ये दुई सय ६६ महिला र दुई सय १९ पुरुष गरी चार सय ८५ जना उपचारपछि डिस्चार्ज गरिएको थियो ।

१५ महिला र २७ पुरुष गरी ४२ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको थियो । एक पुरुष र एक महिलाको उपचारको क्रममा ज्यान गएको चौदण्डीगढी नगरपालिका कोरोना फोकल पर्सन तेजबहादुर पोखरेलले जानकारी दिए ।

चौदण्डीगढी नगरपालिकाभित्र दुई महिला र एक पुरुष गरी तीनजना मात्र होम आइसोलेसनमा रहेको नगरपालिकाले जनाएको छ । थप कोरोना संक्रमित नभेटिएकाले चौदण्डीगढी नगरपालिका छिट्टै कोरोनामुक्त हुने चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए ।

कोरोनाको पहिलो लहरमा नियन्त्रण र रोकथामका निम्ति उदयपुरको आठ स्थानीय तहको संयुक्त लगानीमा कोभिड-१९ अस्पताल निर्माण भएको थियो ।
एकताका त्रियुगा नगरपालिका–३ भुल्के कोरोना इपिसेन्टर बनेपछि उदयपुर विकास बोर्डले कोरोना अस्पताल बनाउने निर्णय गरेको थियो ।

बोर्डका अध्यक्ष बलदेव चौधरीको पहलमा उदयपुरको चार नगरपालिका र चार गाउँपालिकाले लगानी गरेर करिब चार करोड लगानीमा सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरी सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताल निर्माणपछि कोरोनाको पहिलो लहरमा एक सय ४५ जनाले उपचार पाएको उदयपुर कोभिड-१९ अस्पताल सञ्चालन समितिका अध्यक्ष तथा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖