विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना

बैतडी, १८ असोज । बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको छ ।

गत साता एक विद्यार्थी र एक शिक्षकमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ वर्षीया छात्रामा कोरोना पुष्टि भएको हो । योसँगै उक्त विद्यालयमा एक शिक्षक र दुई विद्यार्थीमा सङ्क्रमण देखिइसकेको छ ।

पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार सङ्क्रमण पुष्टि भएका शिक्षक र विद्यार्थी होम आइसोलेशनमा बसिरहेका छन् । उहाँले भन्नुभयो,“सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल छैन, उनीहरु सबै होम आइसोलेशनमा बसिरहेका छन् ।”

सङ्क्रमण देखिएपछि अन्य शिक्षक र विद्यार्थीको पनि पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा १०६ जनाको स्वाब सङ्कलन गरिएकामा ७५ जनाको रिपोर्ट आएको छ ।

यसैबीच शिक्षक विद्यार्थीमा कोरोना देखिएपनि विद्यालय भने नियमित रुपमा सञ्चालनमा रहेको छ । स्वास्थ्यका मापदण्ड पालना गरेर पठनपाठन सञ्चालन गरिएकोे विद्यालयले जनाएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।