अध्यक्ष ठाकुर;मधेसमा रोजगारीको व्यवस्था आवश्यक

राजविराज, १८ असोज ।लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसमा अधिकाँश युवा वेरोजगार रहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मधेस आन्दोलका बेला लगाइएको मुद्दा खारेज हुनुपर्ने माग गर्दै नागरिकता सम्बन्धी विधेयक पारित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले जनआनदोलन र मधेस आन्दोलनका बेला राखिएका माग पूरा गनुपर्ने स्मरण गराउनुभयो । “जनसङ्ख्याको आधारमा स्थानीय तहको पुनःसंरचना हुनुपर्छ”, अध्यक्ष ठाकुरले भन्नुभयो ।

सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले विगतमा उठाइएका मधेस अधिकार र पहिचानसहितका माग पूरा हुन नसकेको बताउनुभयो ।

विचारको आधारमा पार्टी गठन भएको भन्दै उहाँले केही पार्टी स्वार्थमा लागेका कारण मधेसी जनताको माग पूरा हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।