इच्छाराजकाे समूह पक्राउ गर्नुकाे कारणबारे जानकारी दिन सिआइबीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, १९ असोज । निक्षेपकर्ताको करोडौं रुपैयाँ ठ’गी गरेको अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितलाई प्रहरीले कहीबेरमा पत्रकार सम्मेलन गरी सर्वजनिक गर्ने भएको छ ।

सिभिल सहकारीको निक्षेप ठगी गरेको अ’भियोगमा नेपाल प्रहरीको केन्द्रीय अ’नुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेका तामाङ र उक्त सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहितका १२ जनालाई बिहान ११ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको हो ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले ठगीको विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी दिए । ‘सोमबार बेलुकी पक्राउ गरियो, बयान लिन पाइएकै छैन’ महोले भने, ‘आज पत्रकार सम्मेलन गरेर प्रारम्भिक विवरण सार्वजनिक गर्छौं बाँकी अनुसन्धान जारी रहन्छ ।’ उनीहरू सिआइबीकै नियन्त्रणमा छन् ।

पक्राउ पर्ने तामाङ र श्रेष्ठ नाताले भाञ्जीज्वाइँ र मामाससुरा हुन्। श्रेष्ठ सिभिल होम्सका सञ्चालक समेत हुन् । तामाङ संविधान सभामा एमालेका तर्फबाट सभासद पनि थिए । उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ४६ करोड रुपैयाँ ठ’गीको जाहेरी दिएपछि पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

तामाङले उक्त सहकारीमा आफूखुसी ऋण प्रवाह गरेको जाहेरीमा उल्लेख छ । सिभिलले आठ अर्ब ३५ करोड १० लाख ८०० रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेकोमा सात अर्ब रुपैयाँभन्दा बढी तामाङ आफैंले कर्जा लिएको खुलेको छ ।

निक्षेपकर्ताको लामो प्रयासपछि उनीहरू पक्राउ परेका हुन् । साढे तीन हजार बढी बचतकर्ताको विचल्ली बनाएर तामाङ र श्रेष्ठ कहिले अमेरिका त कहिले कुन देशमा लुकेर बस्ने गरेको निक्षेपकर्ताकाले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।