आँखाका बिरामीलाई स्वास्थ्य संस्था पठाउन धामी झाँक्रीलाई तालिम

खोटाङ, १९ असोज । खोटाङमा आँखाका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माण गर्न धामी झाँक्रीलाई तालिम दिइएको छ ।

झारफुक गर्न धामी झाँक्री कहाँ पुग्ने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्ने÷पु¥याउने वातावरण निर्माण गर्न नेपाल नेत्र ज्योति सङ्घको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल, लहानले तालिम दिएको हो ।

झारफुक गर्न आएका आँखाका समस्या भएका बिरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ चिकित्सक कहाँ गएर उपचार गराउन आग्रह गर्न÷गराउन तालिमको आयोजना गरिएको सङ्घका अध्यक्ष इन्द्र कसजुले बताउनुभयो ।

“गाउँघरमा अझै पनि धामी झाँक्रीकै विश्वास गरिन्छ । बिरामीको पहिलो सम्पर्क व्यक्ति धामी झाँक्री नै हो”, उहाँले भन्नुभयो, “बिरामीलाई झारफुक मात्र नभएर स्वास्थ्य संस्थामा पठाउन सहयोग गर्न धामी झाँक्रीलाई तालिम दिएका हौँ ।”

दिक्तेलस्थित आँखा उचार केन्द्रमा आयोजना गरिएको सो तालिममा २८ तथा हलेसीमा ३५ धामी झाँक्री सहभागी थिए । आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख हरिहर श्रेष्ठले सो तालिमको सहजीकरण गर्नुभएको थियो ।

कतिपय आँखाका बिरामी अस्पतालसम्म नआइपुग्ने र ज्योति गुमाउने गरेका कारण त्यस्ता बिरामीलाई अस्पतासम्म ल्याउन धामी झाँक्रीको सहयोग आवश्यक छ । जिल्लाका दश स्थानीय तहमा ४४ हजारभन्दा बढी आँखाका बिरामी रहेको सङ्घले जनाएको छ ।

तथ्याङ्कअनुसार जन्मजात दृष्टिदोष, बालअन्धोपन, मोतियाबिन्दु, जलबिन्दु, खस्रेरोग, भिटामिन ए को कमी, रतन्धोलगायत समस्या उनीहरुमा देखिएको छ । विसं २०६८ को जनगणनाअनुसार खोटाङको कूल जनसङ्ख्या दुई लाख ६ हजार ३१२ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।