फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी

काठमाडौँ, १९ असोज ।त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

नाइननानफे कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा धावनमार्गमा ट्याक्सी गर्ने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँसे मैदानमा फस्न पुगेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो।

उहाँका अनुसार फसेको जहाज निकाल्ने प्रयास भइरहेको र यात्रुलाई अर्को जहाजमा पठाइने छ । उक्त जहाजमा चालक दलका चारसहित ८० जना सवार थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।