ह,त्यामा संलग्न लिम्बू प,क्राउ

काठमाडौँ, १९ असोज ,नेपाल प्रहरीले विराटनगर घर घई बूढानीलकण्ठ बस्ने ३० वर्षीय राज खड्काको ह,त्यामा संलग्न एकजनालाई प,क्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले ताप्लेजुङका ३५ वर्षीय प्रदीप लिम्बूलाई सोमबार साँझ प,क्राउ गरेको हो ।

लिम्बूले खड्कालाई चक्कु प्रहार गरेर हत्या गरेका जनाइएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारका क्रममा मृ,त्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हत्या सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल हस्तान्तरण

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १० मोटरसाइकल र ११ स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो ।

सो अवसरमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाइकल हराउन नदिन सवारीधनी आफैँ विशेष चनाखो हुनुपर्ने बताउनुभयो । “उपत्यकाबाट हराएका अधिकाशं सवारीसाधन उपत्यकाका आसपासका इकालकामा फेला पर्ने गरेका छन्,” उहाँले भन्नुभयो । महाशाखाले सवारीसाधन चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दासमेत चलाउँदै आएको छ ।

स्कुटरको सवारी दर्ता किताब (बिलबुक) डिकिमै राख्ने चलनले गर्दा कतिपय चोरी भएका स्कुटर पनि बिलबुकका साथ खुलमखुला हिँड्ने गरेको उहाँको भनाइ थियो । पछिल्लो समय उपत्यकामा पल्सर मोटरसाइकल र डियो स्कुटर बढी चोरी हुने गरेको महाशाखाले जनाएको छ ।

चालू आर्थिक वर्षमा उपत्यकामा हराएका ३२६ मोटरसाइकल तथा स्कुटरमध्ये १४६ मोटरसाइकल तथा स्कुटर फेला पारिएको महाशाखा प्रमुख भट्टराईले बताउनुभयो । यस्तै महाशाखाले मोटरसाइकल चोरी कार्यमा संलग्न १९ जनालाई प,क्राउ गरी मुद्दासमेत चलाइसकेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।