३८ क्वीन्टल सुन त’स्करी मु’द्दामा आठजना दो’षी ठहर ! ‘गोरे’ सहित ६ जनालाई ज’न्मकै’दको फैसला

विराटनगर, १९ असोज । मोरङ उर्लाबारीका सनम शाक्य ह त्या प्रकरणसँग जोडिएको ३८ क्वीन्टल सुन तस्करीसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले आठ जनालाई दो षी ठहर गरेको छ । न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार आठजना प्रतिवादीलाई दो षी ठहर गरेहको हो ।

उनीहरूलाई भिन्दाभिन्दै सँ जाय तोकेको छ । प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई अदालतले ज न्मकै दको फैसला सुनाएको छ । एक जनालाई तनि वर्ष र अर्का एकजनालाई ६ महिना कै द सँजायको फैसला गरेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए ।

उनका अनुसार ‘गोरे’सहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज न्मकै दको फैसला सुनाइएको छ । यो फैसलासँगै उनिहरूले २० बर्ष जे ल बस्नुपर्ने भएको छ ।

अ पहरण तथा शरीर ब न्धक मुद्दामा ‘गोरे’को कसुर कायम भएको छ । धमलाका अनुसार यसको सँ जाय निर्धारणका लागि पुनः पेस गरिने छ । मु द्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सँ जाय फैसला भएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीर जंग राणाले बताए । मु द्दामा दो षी ठहर भएकाहरू ‘गोरे’को समूहका सहयोगी र उनका सवारी चालकहरू हुन् ।

मु द्दाका ७७ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये उच्च प्रहरी अधिकारी र गोरेकी पत्नी निरु भानिने नर्वदा खरेलसहित ४८ जनाले सफाइ पाएको राणाले जानकारी दिए । मु द्दामा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सन्जेललगायत प्रहरी कर्मचारीलाई प्रतिवादी बनाइएको थियो ।

संगठित अ पराध, भन्सार ऐन र अ पहरण तथा शरीर ब न्धकसम्बन्धी मुद्दामा ४८ जनाले सफाइ पाएका हुन् । फरार रहेका २१ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार राणाले बताए । उनका अनुसार दुई वर्षसम्म अभियुक्त पक्राउ नपरेमा वा हाजिर नभएमा मुल्तवीमा रहेको मुद्दालाई जगाएर अदालतले फैसला गर्ने छ ।

९ माघ ०७४ मा ‘गोरे’को समूहले दुबईबाट त स्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गा यव भएको थियो । सुन गायव बनाएको आरोपमा ‘गोरे’सहित उनको समूहले १८ फागुनमा ०७४ मा मोरङ उर्लाबारी नगरपालिका–१ का सनमको क रेन्ट लगाएर या तना दिँदै ह त्या गरेको आरोप छ ।

ह त्याको भोलिपल्ट विराटनगरबाट शाक्यको श वसहित बा१२च ५९६३ नम्बरको स्कर्पियो र मे१च ५३९८ नम्बरको कारसहित प्रहरीले चालकहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गर्याे । त्यो घटनाको अनुशन्धान गर्दा गोरेको योजना र ‘सेटिङ’ तथा अरु व्यापारीको लगानी र प्रहरी अधिकारीको सहयोगमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा करिब ३८ क्वीन्टल सुन तस्करी भएको खुलेको हो । तर तस्करीको सुन भने बरामद हुन सकेन । प्रमाणका रुपमा पेस गर्नुपर्ने सुन बरामद नभएपछि त स्करीमा सम्लग्न भनिएकाहरूले मुद्दामा सफाइ पाएको बताइएको छ ।

जिल्ला अदालत मोरङमा १९ वैशाख ०७५ मा ‘आ पराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अ वैध कारोवार, अ पहरण तथा शरीर ब न्धक र कर्तव्य ज्या न’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो । सरकारी वकिल कार्यालय मोरङले दर्ता गरेको मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अ वैध रुपमा आयात गरिएको दाबी गरेको थियो । त्यही बराबरको बिगो मागदावीसहितको मुद्दा दर्ता भएको हो । मुद्दाको अन्तिम सुनुवाइ अघिल्लो आइतबारबाट सुरु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।