प्रदेश १ मा आज १९२ जनामा कोरोना संक्रमण पुष्टि,६ को मृ त्यु

विराटनगर, १९ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९२ जनामा कोरोना संक्रमण भएको छ । ७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ र ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

झापाको कनकाईमा १३, विर्तामोडमा ११, दमकमा १०, भद्रपुरमा ९, मेचीनगर र अर्जुनधारामा ५–५, बुद्धशान्तिमा २, शिवसताक्षीमा १, मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरेमा ३, उर्लाबारी, बुढीगंगा र स्थानीय तह नखुलेका २–२, रतुवामाई, सुन्दरहरैचा र केराबारीमा १–१, सुनसरीको इटहरी र धरानमा ६–६, दुहवीमा २, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुली, धनकुटाको पाख्रिबार र उदयपुरको कटारीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।

प्रदेश १ मा आज १८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १०३ महिला र ७९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।