तीन अस्पताल : शिलान्यास भएको १० महिनामा जग पनि खनिएन

पाल्पा, १९ असोज । सरकारले १५ मंसिर ०७७ मा एकै दिन देशभरका तीन सय ९६ स्थानीय तहमा अस्पताल शिलान्यास गरेको थियो । यही बेला पाल्पाका तीन वटा अस्पताल पनि शिलान्यास गरिएको थियो । तर, शिलान्यास भएको १० महिना बितिसक्दा पनि कुनै पनि अस्पतालको जग समेत खन्न थालिएको छैन ।

पाल्पाको माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकामा १५–१५ शैय्याका अस्पताल शिलान्यास गरिएको थियो । माथागढी गाउँपालिकाका ईन्जिनियर धर्मेन्द्र यादवले तीन महिनाअघि नै अस्पताल निर्माणको टेन्डर आह्वान भई निर्माण व्यवसायीसँग सम्झौता भइसकेको बताए । तीन महिनाअछि नै अस्पताल निर्माणका लागि प्राकृतिक निर्माण सेवा भैरहवा र माथागढी गाउँपालिकाबीच १० करोड ७८ लाख ७५ हजार सात सय रुपैयाँमा दुई बर्षभित्र काम सक्नेगरी सम्झौता भएको उनले बताए ।

यस्तै निस्दी गाउँपालिकामा अस्पताल निर्माण सम्झौता भइसकेको छ । प्राकृतिक रविना ज्वाइन्ट भेन्चर कम्पनी भैरहवाले १६ करोड ६८ लाख ८४ हजार नौ सय २४ रुपैयाँमा निर्माण सम्झौता गरेको हो । ६ जेठ ०७७ मा निर्माण कम्पनी र गाउँपालिकाबीच सम्झौता भएको थियो । २४ महिना अर्थात ६ जेठमा ०८० भित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि अहिलेसम्म जग खन्ने काम समेत नभएको निस्दी गाउँपालिकाका प्रशासन शाखा अधिकृत अर्जुन खनालले जानकारी दिए ।
पुर्वखोला गाउँपालिका–१ वीरकोटमा बन्ने भनिएको अस्पताल निर्माण पनि अघि बढेको छैन । गाउँपालिका र निर्माण कम्पनी बिक्वाई दावा कम्पनी काठमाडौंबीच १२ करोड, ५१ लख ७४ हजार एक सय ८९ रुपैयाँमा १५ शैय्याको अस्पताल २८ असार ०८० भित्र सम्पन्न गर्ने गरि २३ असार ०७८ मा सम्झौता भएको हो । तर अहिलेसम्म यहाँ पनि प्रगति नभएको गाउँपालिकाका ईन्जिनियर शिव शर्माले बताए । ईन्जिनियर शर्मा निर्माण कम्पनी सम्पर्क मै रहेको पनि जानकारी दिए । अस्पताल बन्ने स्थान डोजर प्रयोग गर्नु पर्ने भएको र बर्खामा डेजर चलाउन नजिकको बस्तीमा जोखिम हुने भएकाले काम होल्ड गराएको बताए । पानी पर्न कम भएसँगै केही दिन अघिबाट जग्गा सम्याउन थालेको उनले जानकारी दिए ।

निर्माण कम्पनी बिक्वाई दावा कम्पन्नीका प्रोप्राइटर पामा मेडुप लामाले पानी परिरहेको बेला डोजर चलाउँदा डाँडामा रहेका बस्ती जोखिममा पर्ने डरले काम सुरु नगरेको बताए । अब पानी पर्न कम भएपछि काम सुरु गर्ने उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।