दुर्गमको स्वास्थ्य सेवा : छामछुम गरेर उपचार

हेमन्त केसी/जाजरकोट । नलगाड नगरपालिका–८ का हरिबहादुर खत्री विरामी भएको ६ दिनपछि रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीस्थित औषधि पसलमा गएर आफूलाई के भएको भन्दै उपचार गर्न आग्रह गर्छन् ।

औषधि पसलमा रहेका सिएमए गरेका स्वास्थ्यकर्मीले छामछुम पारेर लक्षणका आधारमा खत्रीलाई औषधि थमाउँछन् । उनी औषधि सकिएपछि आउनुहोला भन्दै विश्वास्त पार्दै विरामीलाई घर पठाउँछन् ।

अनुमानका भरमा दिइएको औषधिले खत्रीलाई पाँच दिनसम्म खाँदा पनि सन्चो भएन । पाँच दिनपछि आफूलाई सन्चो नभएको भन्दै खत्री सोही औषधि पसलमा आउँछन् । उनै स्वास्थ्यकर्मीले फेरि खत्रीलाई अनुमानको भरमा औषधि दिएर फर्काउँछन् । तर, अनुमानको भरमा दिएको औषधि खाएर पनि केही सन्चो नभएपछि खत्री तीन दिनपछि धामीको शरणमा गएको बताए ।

धामीलाई देखाउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि १२ दिन बितेपछि खत्री उपचारका लागि रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारीमा पुग्छन् ।
सो अस्पतालका चिकित्कसले आफ्नो एक्सरे र रगत परीक्षण गरेको खत्री बताउँछन् ।

‘सबै जाँच गरेको जम्मा १३ सय लाग्यो, राडीमा औषधि पसलमा चार हजार खर्च गरेको थिएँ । निको भएन । तर, यहाँ एक्सरे र रगत जाँच्दा मलाई त टिबी भएको रहेछ’, खत्रीले सुनाए ।

उनी अहिले अस्पतालकै सिफारिसअनुसार दल्लीस्थित नगर अस्पतालबाट क्षयरोगको औषधि सेवन गरिरहेका छन् । ‘मजस्तै धेरै बिरामी भएका गाउँलेहरू औषधि पसलमा गएर जथाभावी औषधि खाँदा हजाराँै रुपैयाँ खर्च हुने गरेको छ । यसरी जथाभावी औषधि खाँदा ज्यानसमेत जोखिममा पर्छ’, उनी बताउँछन् ।

जाजरकोट, डोल्पा र रुकुम पश्चिमका अधिकांश गाउँमा दर्ताविना सञ्चालनमा रहेका औषधि पसलमा जथाभावी औषधि बिक्री गर्दा बिरामीको आर्थिक नोक्सान मात्र भएको छैन, ज्यानसमेत जोखिममा पारेको छ । ‘गाउँका स्वास्थ्य संस्थामा उपचारका लागि गए पनि छामछुम पारेर अनुमानकै भरमा औषधि दिने गरिन्छ, कसरी बिरामीलाई सन्चो होस्’ मुड्केचुला गाउँपालिका– ४ का धनबहादुर हमालले भने ।

निश्चित समयमा सरकारी स्वास्थ्य संस्था खुल्ने भएकाले पनि बिरामी औषधि पसलमा उपचारका लागि जानुपर्ने बाध्यता रहेको उनी बताउँछन् । ‘बिहान १० बजे खुल्ने र दिउँसो ४ बजे बन्द हुने सरकारी स्वास्थ्य संस्थाबाट कसरी सेवा लिने’, हमालले भने, ‘निरन्तर खुल्ने भए पो उपचारमा सहज हुन्छ । सरकारी समयभन्दा फरक समयमा बिरामी भएमा उही औषधि पसलमै धाउनुको विकल्प हुँदैन । ’

डोल्पामा १५ शय्याको एक मात्र जिल्ला अस्पताल छ । अन्य स्थानीय तहमा स्वास्थ्य संस्था भए पनि पर्याप्त उपकरण नहुँदा उपचारमा सधैँ बाधा पुग्दै आएको छ । जाजरकोट सदरमुकाममा नाम मात्रको ५० शय्या अस्पताले छ । भारी ज्वरो आएको बिरामीको उपचार सम्भव नभएको भन्दै चौरजहारी, नेपालगञ्ज रिफर गरिँदै आइएको छ ।

सदरमुकाम बाहिर दुर्गम गाउँमा रहेका स्वास्थ्य संस्थामा समेत उपकरण तथा चिकित्सककै अभावमा उपचार कार्य प्रभावकारी नहुँदा समस्य हुँदै आएको छ । गाउँभन्दा बाहिर सुविधा सम्पन्न ठाउँमा उपचारका लागि लिने रकम नहुँदा जाजरकोटमा मात्र वर्षेनी धेरै मानिसको मृत्यु हुने गर्दछ ।

छिमेकी जिल्ला डोल्पामा सञ्चार सुविधा नहुँदा कहाँ के हुन्छ भन्ने जानकारी नै आउन मुस्किल छ । यदि सूचना आए पनि त्यो धेरै ढिला भइसकेको हुने स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख अमरसिंह शाहीले बताए ।

चिसो मौसममा पाँच महिना उपल्लो डोल्पामा नियमित खोप सेवा नै बन्द हुने गर्दछ । भारी हिमपातका कारण खोप लिएर जान सक्ने अवस्था नहुँदा नियमित खोपबाट उपल्लो डोल्पामा तीन स्थानीय तहका बालबालिका बन्चित हुने गरेका छन् । स्थानीय तहले खरिद गर्ने भनिएको नियमित औषधिसमेत खरिद नगरिएको पाइएको छ ।

गाउँका स्वास्थ्य संस्थामा सबै औषधि नपाउँदा बिरामीहरू हैरान भएको त्रिपुरासुन्दरी नगरपालिका– ७ का विष्णु पहाडीले बताए । उनका अनुसार अधिकांश सुत्केरीहरू असुरक्षित रूपमा घरमै सुत्केरी हुन्छन् । ‘गाउँमा भनेका बेला यातायात साधनदेखि जहाजसमेत पाइँदैन’, पहाडीले भने, ‘डोकोमा बोकेर बिरामीलाई स्वास्थ्य लिनुपर्ने बाध्यता छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।