झाडापखाला फैलिएपछि कृष्णपुरले प्रदेश सरकारसँग माग्यो गुहार

काठमाडौं, २० असोज । कपिलवस्तुको कृष्णपुर नगरपालिकाका तीन वटा वडामा झाडापखाला फैलिएपछि नियन्त्रणका लागि स्थानीय सरकारले लुम्बिनी सरकारसँग गुहार मागेको छ ।

झाडापखलाबाट दुई जनाको मृत्यु हनुका साथै करिब २५० जना बिरामी परेपछि नगरपालिकाले लुम्बिनी सरकारसँग औषधि र चिकित्सकसहितको स्वास्थ्यकर्मी पठाउन आग्रह गरेको हो ।

‘यस विषयमा प्रदेश सरकारसँग कुराकानी भएको छ, उहाँहरूले थप औषधि र चिकित्सक पठाउने भन्नु भएको छ,’ नगरपालिकाका मेयर रजतप्रसाद शाहले भने । उनका अनुसार झाडापखलाबाट करिब २५० जना बिरामी परेका छन् ।

अहेब विष्णु पौडेलका अनुसार झाडापखला फैलिएपछि जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवाबाट मंगलबार दुई चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीको टोली उपचारमा खटाएको थियो । तर, उक्त टोली फर्किसकेको छ ।

तौलिहवाको टोली फर्केसँगै प्रदेशबाट आज दुई जना चिकित्सकसहितको टोली आउन लागेको उनले जानकारी दिए ।

बहादुरगन्जस्थित शिवराज अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि निजी क्लिनिकमा पनि उपचार भइरहेको छ । शिवराज अस्पतालमा एकमात्र चिकित्सक छन् ।

झाडापखालाबाट कृष्णनगर-९ का ५ वर्षीय राज कश्यप र कृष्णनगर-८ का ४० वर्षीय रामप्रसाद केबटको मृ त्यु भइसकेको छ । कश्यपको निजी क्लिनिक र केबटको घरमै मृ त्यु भएको हो ।

पौडेलका अनुसार कृष्णनगर नगरापलिका-७, ८, ९ का बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा गाउँका झाडापखलाबाट ग्रसित छन् । गम्भीर बिरामीलाई तौलिहवा, बुटवल र भैरहवाका अस्पताल रेफर गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।