नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा

काठमाडौँ, २० असोज ।ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट नम्बर प्लेट स्पष्ट नलेखिएका १६५ र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, ‘अनटेस्ट’, अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका र नम्बर प्लेट ढाकिएका मोटरसाइकल विरुद्ध विशेष अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

विशेषगरी नयाँ ‘अनटेस्ट’ र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाइकलले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेकाले यस्ता मोटरसाइकललाई कारबाहीको दायरामा ल्याएको महाशाखा उहाँले बताउनुभयो ।

ट्राफिक नियम उलङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुनसक्ने चोरी लुटपाटलगायतका आपाराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाइ छ । त्यस्ता तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले ५०० देखी एक हजार ५०० रूपैँयासम्म जरिवाना गर्दै आएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।