समाजमा हुने अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ : मुख्यमन्त्री भट्ट

गोदावरी, २० असोज ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

छैसट्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित कार्यक्रममा उहाँले प्रहरी एक्लैले मात्र समाजमा हुने गरेका सबैखाले अपराध न्यूनीकरण गर्न कठिनाइ हुने भएकाले आमनागरिकको भूमिका पनि सकारात्मक हुनुपर्ने बताउनुभयो ।

विभिन्न कठिनाइका बाबजुद प्रहरीले नागरिकलाई सुरक्षा प्रदान गरिरहेको उहाँको थियो । उहाँले देशका अन्य ठाउँमा घटेका घटनाको तुलनामा सुदूरपश्चिममा सानो घटना हुँदा बढी चर्चा पाउने गरेको टिप्पणी गर्नुभयो ।

मुख्यमन्त्री भट्टले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै अपराध अनुसन्धानमा हुने ढिलाइले अपराधीको मनोबल बढ्दै गएर समाजमा शान्ति सुरक्षाको अवस्था खलबलिने अवस्थाबाट सतर्क रहनुपर्ने बताउनुभयो । उहाँले नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध कायम गरी अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त र डडेल्धुराकी अस्मिता धामीले न्याय पाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा प्राण आहुति गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सहादत प्राप्त गर्ने प्रहरी परिवार र प्रहरी सङ्गठनलाई सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖