प्रदेश १ मा आज १९७ जनामा कोरोना संक्रमण पुष्टि,३ को मृ त्यु

विराटनगर, २० असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९७ जनामा कोरोना संक्रमण भएको हो । ८११ जनाको पीसीआर परीक्षण गर्दा १४५ र २२० जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५०, झापामा ४५, सुनसरीमा ४३, धनकुटामा ३, पाँचथरमा २, इलाम र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३३, सुन्दरहरैचामा ८, बुढीगंगा र रतुवामाईमा २–२, पथरीशनिश्चरेमा १, कानेपोखरी, कटहरी, केराबारी र लेटाङमा १–१, झापाको भद्रपुरमा ११, कनकाई र विर्तामोडमा ७–७, दमक, मेचीनगर र अर्जुनधारामा ४–४, कमल गाउँपालिकामा ३, शिवसताक्षीमा २, गौरादह, हल्दिबारी र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २६, धरानमा ९, इनरुवामा ४, रामधुनीमा २, दुहवी र हरिनगरमा १–१, धनकुटाको धनकुटामा २ र पाख्रिबासमा १, पाँचथरको हिलिहाङमा २, इलामको इलाम नगरपालिका र उदयपुरको बेलकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७६ महिला र ७७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।