कुलमान धनकुटामा ! कोशी कोरिडोर बिद्युत प्रसारण लाइनको चाबी हस्तान्तरण

धनकुटा,२० असोज । कोशी कोरिडोर अन्र्तरगतको पहिलो प्याकेजमा पर्ने सुनसरी जिल्लाको इनरुवा देखि संखुवासभा जिल्लाको तुम्लीङ्गटार सम्मको २२० के भी प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ ।

धनकुटाको हिलेमा बुधबार एक कार्यक्रमका बिच ठेकेदार कम्पनीले यो प्रसारणलाइ नेपाल सरकारलाइ हस्तान्तरण गरेको छ । ठेकेदार कम्पनी कलपत्रु पाबर ट्रान्समिसन लिमिटेडले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ हस्तान्तरण गरेको हो । सुनसरी देखि तुम्लीङ्गटार सम्म करिब ७६ किलो मिटरमा ३ सय २६ वटा टाबर निर्माण भएका छन् ।

त्यस्तै दोस्रो प्याकेजमा पर्ने बसन्तपुर, बोनेश्वर, तुम्लीङ्गटार र इनरुवामा निर्माण हुने २२० स्तरको सब स्टेसनको कार्य समेत ८० प्रतिसत भएको जनाएइको छ । त्यस्तै तेस्रो प्याकेजमा दुई अर्ब पचास करोड रुपैयाको लागतमा निर्माण हुने बसन्तपुर देखी ढङ्गे साँघु सम्मको करिब ३५ किलो मिटरको प्रसारण लाइन निर्माणको कार्य समेत ७० सम्पन्न भएको छ । यी सबै आयोजना निर्माण पछि अरुण र तमोर नदि तथा तिनका सहायक नदिमा निर्माण गरिने जल बिद्युत आयोजनामा उत्पादित बिजुली ग्राहक सम्म पुर्याउन सहज हुने नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो ।

प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ्गले आयोजनाहरु बाट उत्पादनहुने विद्युत प्रसारणको लागि सो लाईनको दोस्रो सर्किटको तार तान्ने र सम्बन्धित सबस्टेशनहरुमा २२० केभि लाईनको ट्रान्सफर्महरुको क्षमता विस्तार गर्ने बताउनुभयो । उहाले दोस्रो सर्किटमा तार तान्ने र सम्बन्धित सबस्टेशनहरुको क्षमता विस्तारका लागि विद्युत प्राधिकरणबाट यथासक्य छिटो काम गरिने बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।