लु,टेराको समूहले ब,न्दुक देखाइ लाखौँको लु,टपाट

जलेश्वर, २१ असोज । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लु,टेराको समूहले ब,न्दुक देखाइ लाखौँको लु,टपाट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३ः०० बजेको समयमा घरको बाहिरी ढोका फोरेर घरभित्र पसी चार जनाको समूहमा आएका बन्दुकधारी व्यक्तिले गरगहना लु,टपाट गरी लगेका छन् ।

लुटेराले उहाँको घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित रु पाँच लाख बढीको गरगहना लु,टेर लगेको जनाइएको छ ।

घटना आज बिहान ३ बजे भए पनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अहिले लुटेराको खोजतलास व्यापकरुपमा गरिरहेको जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।