नक्कली नोटको कारोबारमा पक्राउ परेकालाई प्रहरीले गर्यो सार्बजनिक

धनकुटा,२१ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले न’क्कली नोटको कारोबारमा संग्लन गरेका ६ जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

न’क्कली नोट कारोबारमा पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका वडा न १ का २६ बर्षिय बिशाल तामाङ्ग, ताप्लेजुङ्ग पाथिभरा याङ्गवरक घर भई धनकुटा नगरपालिका १ बस्ने २६ बर्षिय छितेन तामाङ्ग, धनकुटा नगरपालिका वडा न १ कै २४ बर्षिय सोनम तामाङ्ग, धनकुटाको महालक्ष्मी नगरपालिका वडा न ८ बस्ने २६ बर्षिय सुमन खड्का, महालक्ष्मी नगरपालिका ९ बस्ने २४ बर्षिय तुलसी तामाङ्ग र महालक्ष्मी नगरपालिका ९ बस्ने २१ बर्षिय विकास तामाङ्गलाई प्रहरीले सार्वजनिक गरेको हो ।

धनकुटा नगरपालिका वडा न ९ मुलघाटमा प्रहरी चेक जाँचको क्रममा असोज ११ गते ३२ हजार नक्कली नोट सहित पक्राउ परेका छितेन तामाङ्ग र बिशाल तामाङ्गको बयानको आधारमा अन्य लाई समेत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी दिपक कुमार रायले जानकारी दिनु भयो ।

प्रहरीले छितेन तामाङ्गको साथ बाट २८ हजार, विशाल तामाङ्गको साथ बाट ५ हजार र उनिहरुले फालेको २ हजार र सोनाम तामाङ्गको घर बाट फेला परेको ६५ वटा हजारका दरका नक्कली नोट समेत सार्वजनिक गरेको छ साथै काठमाण्डौंबाट पक्राउ परेका १ जना अभियुक्त संग छानबिन जारी रहेकोले उनको भने कुनै विवरण नखुलाईएको डिएसपी रायले बताउनु भयो ।

नक्कली नोट ला’गु औ’षध कारोबारमा प्रयोग गर्ने गरेको पक्राउ परेकाहरुले बयान दिएको समेत प्रहरीले जनाएको छ । उनिहरु लाई मुद्रा सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖