कोभिशिल्ड खोपमा लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

–शरद् शर्मा ,काठमाडौँ, २२ असोज । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक हजार ७९६ जनामा गरेको अनुसन्धानमा एन्टिबडी अध्ययन गर्दा कोभिशिल्ड लगाएकामा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव चार प्रतिशत एन्टिबडी बनेको पाइएको हो ।

परिषद्ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोभिशिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अनुसन्धान गरिएकाले भेरोसेलभन्दा कम प्रतिशतमा एन्टिबडी देखिएको बताउनुभयो । “भेरोसेल लगाएका व्यक्तिमा खोप लगाउनेबित्तिकै एन्टिबडी परीक्षण गरिएकाले धेरै एन्टिबडी देखिएका हो”, ,उहाँले भन्नुभयो, “दुवै खोप उत्तिकै प्रभावकारी छन् ।”

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा गरिएको अनुसन्धानमा खोप लगाएका ६५ प्रतिशत व्यक्तिमामा एन्टिबडी देखिएको र खोप नलगाएका केही व्यक्तिमा पनि एन्टिबडी देखिएको वरिष्ठ अनुसन्धान अधिकृत धिमालले जानकारी दिनुभयो । उहाँका अनुसार खोप नलगाएका व्यक्तिमा ४३ दशमलव नौ प्रतिशतमा एन्टिबडी देखिएको छ । यस्तै पहिलो मात्रा खोप लगाएकामध्ये ५५ दशमलव एक प्रशिशतमा र पूर्ण मात्राको खोप लगाएकामध्ये ८२ प्रतिशतमा एन्टिबडी देखिएको छ ।

वरिष्ठ अनुसन्धान अधिकृत धिमालले खोप लगाएको ६० दिनसम्म एन्टिबडी देखिने र त्यसपछि क्रमशः एन्टिबडी घट्दै जानाका साथै केही व्यक्तिमा १५० दिनसम्म पनि एन्टिबडी देखिने गर्दछ भन्नुभयो । अनुसन्धानकै क्रममा कोभिड–१९ को सङ्क्रमण पुष्टि नभएका व्यक्तिमा एन्टिबडी परीक्षण गर्दा ५९दशमलव आठप्रतिशत मात्र एन्टिबडी देखिएको छ ।

कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले कोभिड–१९ को सङ्क्रमण भई निको भएकामध्ये लक्षण नदेखिएका व्यक्तिको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टिबडी विकसित भएको बताउनुभयो । खोप लगाएको दिनदेखि नमूना सङ्कलनको दिनसम्मलाई तुलना गरेर हेर्दा खोप लगाएको दोस्रो महिना पुगेकामा ८२दशमलव३३ प्रतिशत एन्टिबडी देखिएको छ । यस्तै चौथो महिनामा एन्टिबडी क्रमशः घटेर ४३दशमलव ७५ प्रतिशत मात्रा एन्टिबडी देखिएको छ।

यस्तै अनुसन्धानकै क्रममा दीर्घरोगीमध्ये एउटै मात्र दीर्घरोगी भएका ७८ दशमलव नौ, दुईटा दीर्घ रोगी भएकामा ७१ दशमलव ६९ र तीन वटा दीर्घरोगी भएकामध्ये ४२ दशमलव तीन प्रतिशत एन्टिबडी देखिएको छ । कार्यकारी प्रमुख डा ज्ञवालीले कोभिड–१९ विरुद्धको खोप नलगाएका तथा कोभिड–१९ को सङ्क्रमण पुष्टि नभएका ४६ प्रतिशत सहभागीमा पनि एन्टिबडी विकसित भएको देखिएकाले कोभिड–१९ समुदायस्तरमा फैलिएको हुनसक्ने बताउनुभयो ।

अनुसन्धानलाई वैज्ञानिक बनाउने प्रयास गरिएको बताउँदै उहाँले खोप लगाएका व्यक्तिमा एन्टिबडी बढ्दै जाने गरेको छ भन्नुभयो । काठमाडौँ विश्वविद्यालयको सहयोगमा गरिएको अध्ययनमा एक हजार २२७ पुरुष र ५७९ महिला सहभागी थिए ।

पचास दशमलव पाँच प्रतिशत औसत उमेरका व्यक्तिमा गरिएको अध्ययनमा १५ दशमलव चार प्रतिशत सहभागीमा सङ्क्रमण देखिएको थियो । कूल खोप लगाएकामध्ये ८५ दशमलव दुई प्रतिशतले कोभिशिल्ड, १४ दशमलव पाँच प्रतिशतले भेरोसेल, अन्य खोप लगाएका शुन्ना दशमलव दुई प्रतिशत थिए । खोप लगाएका १५ दिनदेखि १५० दिनसम्मका व्यक्ति अध्ययनमा सहभागी थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।