४६ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

खलङ्गा, २३ असोज । जुम्लामा ४६ हजार ६४२ जनाले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप लगाएका छन् । पहिलो र दोस्रो मात्रा गरी जिल्लामा सो सङ्ख्यामा नागरिकले कोरोनाविरुद्ध खोप लगाएको स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा पूरा मात्रामा खोप लगाउनेको सङ्ख्या १९ हजार ८४७ रहेका छन् । २७ हजार ७९७ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । जिल्लामा कोभिड– १९ विरुद्धको खोप १८ वर्षदेखि माथिकालाई दिएको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाले बताउनुभयो ।

खोप लगाउन छुटेका र बाँकी रहेका नागरिकलाई अब छिट्टै खोप लगाइने छ । दोस्रो खोपको पर्खाइमा बसेका नागरिकलाई पनि छिट्टै खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न सबैमा आग्रह गरेको छ ।

दसैँ, तिहार नजिकिँदै गर्दा सहर बजारमा भिडभाड बढेको देखिन्छ । यसले कोरोना फैलाउने देखिन्छ । भिडभाड नगरी सुरक्षितरुपमा दसैँ, तिहार मनाउन सबैलाई अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।