सुनसरीको हिरासत एक युवकले आ,त्म ह,त्या

इनरुवा, २४ असोज । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवकले आ,त्महत्या गरेका छन् । केही दिन अगाडि प,क्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आ,त्म ह,त्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र प,क्राउ गरिएको थियो । प,क्राउ परेका हकिवले पासो लगाएर आ, त्म,ह,त्या गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

प्रहरीले ह,त्या गरेको आफन्तले आरोप लगाएका छन् । हिरासतभित्र केही सामग्री छिर्न नदिने गरेकाले कसरी हकिवले हिरासतभित्र पासो लगाएर आत्महत्या गरेको भन्दै आफन्तको आरोप छ ।

यसैबीच आक्रोशित स्थानीयवासीले इनरुवा बजारमा विरोध प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीयवासीले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टाइर बालेर प्रदर्शन गरिरहेका छन् ।

स्थानीयवासीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।