काभ्रेमा कोरोना सङ्क्रमण को येस्तो तथ्याङ्क

काभ्रेपलाञ्चोक, १ कात्तिक । जिल्लामा तीन दिनदेखि कोरोना सङ्क्रमण देखिएको छैन । यस अवधिमा चार सङ्क्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ ।

केही हप्तादेखि दैनिकरुपमा निरन्तर आरोलो लागिरहेको सङ्क्रमणको सङ्ख्या तीन दिनयता शून्यमा झरेको हो । गत बिहीबार भने एकमा सङ्क्रमण देखिएको तथा एक सङ्क्रमणमुक्त भएको केन्द्रको तथ्याङ्कले देखाएको छ । काभ्रेपलाञ्चोकमा हाल ६९ सक्रिय सङ्क्रमित रहेका छन् ।

जिल्लाको चार गाउँपालिका चौँरी देउराली, रोशी, महाभारत र खानीखोला हप्तादेखि कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् । अघिल्लो हप्तादेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । मण्डनदेउपुर नगरमा दुई तथा तेमाल गाउँपालिकामा एक र भुम्लु गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् ।

जिल्लामा हाल सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा २३, पाँचखालमा १२, धुलिखेलमा १४, पनौतीमा चार, नमोबुद्ध नगरमा नौ र बेथानचोक गाउँपालिकामा तीन रहेको केन्द्रले जनाएको छ । जिल्लामा हालसम्म १४ हजार ६७९ मा सङ्क्रमण देखिएकामा १९२ को मृ,त्यु भएको छ । हालसम्मका कुल सङ्क्रमितमध्ये ९९ प्रतिशत अर्थात् १४ हजार ४१८ सङ्क्रमणमुक्त भइसकेका छन् ।

जिल्ला प्रशासन कार्यालयले गत असोज २६ गतेदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थपेको छ । केन्द्रले समुदायमा सङ्क्रमण दर घटिरहेको तथा साप्ताहिकरुपमा मृत्युदर घटेको अवस्थामा काभ्रेपलाञ्चोकमा ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।