ताप्लेजुङ अस्पतालको स्तरोन्नति शुभारम्भ

फुङ्लिङ, १ कात्तिक । ताप्लेजुङको जिल्ला अस्पतालको स्तरोन्नति कार्य सुरु भएको छ । पन्ध्र श्ययादेखि ५० श्ययामा स्तरोन्नति गर्ने कार्य शुभारम्भ गरिएको हो ।

प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले जिल्ला अस्पतालमा आज आयोजित कार्यक्रममा स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको हो ।

प्रत्येक स्थानीय तहमा चिकित्सकको दरबन्दीसहितको संरचना र आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गर्न सरकार लागिपरेको मन्त्री सम्सोहाङले बताउनुभयो ।

जटिल रोगका लागि मात्र जिल्ला बाहिर उपचारका लागि पठाउनका लागि आवश्यक उपकरण र थप दक्षजनशक्ति प्रदेश सरकारको समन्वय एक महिनाभित्र जिल्ला अस्पतालमा उपलब्ध गराउँने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विगतमा १५ श्यया अस्पताल हँुदा बिरामीको भुइँमै राखेर उपचार गर्दै आएको जिल्ला अस्पतालका डाक्टर अनिता वाइबाले बताउनुभयो । तर अब ५० श्यामा भएमा जिल्लामै नागरिकले सहज उपचार पाउने वाइबाको भनाइ थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।