धनकुटा जिल्ला अस्पताललाई १ सय शैंयाको बनाईने

धनकुटा । स्थापना भएको लामो समयपछि धनकुटा जिल्ला अस्पताललाई १ सय शैंयाको बनाईने भएको छ । १ शैंयाको अस्पताल स्तरोउन्ती कार्यको आज प्रदेश १ का मुख्य मन्त्री भिमप्रसाद आचार्यले उद्घाटन गर्नुभएको हो ।

अस्पताल स्तरोन्नति कार्यको उदघाटन गर्दै उहाँले धनकुटा जिल्ला अस्पताललाई सुबिधा सम्पन्न बनाउन कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उहाँले १ सय शैया स्तरोन्नती कार्यको शूरुवात भएको भन्दै यो अस्पताललाई मात्रमा सिमित नराखि शिक्षण अस्पतालको रुपमा विकास गर्ने योजना रहेको बताउनु भयो ।

उहाले यो अस्पताललाई स्वास्थ्य जनशक्त्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्ने समेत बताउनु भयो । बसाईसराई रोक्नलाई पनि पहाडी जिल्लाहरुलाई सेवा सुबिधा सम्पन्न बनाउन प्रदेश सरकार लागीपरेको उहाँले बताउनु भयो ।

उहाँले धनकुटालाई प्रदेश १ को राजधानि बनाउने प्रयास गर्दा पनि कारण वस वनाउन नसकिएको भन्दै विकासको क्षेत्रमा भने प्रदेशको राजधानी भन्दा कम हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।

अस्पताल १ सय शैया स्तरोउनतीका लागि यो वर्ष डिपिआर गर्न १५ लाख र भवन निमार्णका लागि १ करोड बजेट उपलब्ध भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा पुजन विस्वकर्माले जानकारी दिनु भयो ।

अहिले विभिन्न कठिनाइका बाबजुद ४० शैंया सञ्चालनमा रहेको जानकारी गराउदै अस्पतालमा १ सय शैयाको बेड सञ्चालन आएपछि अस्पतालबाट प्रवाह हुने सेवासुबिधामा थप सहजता आउने डा विश्कर्माले बताउनु भयो ।

१ सय शैयाको अस्पता स्तरोउन्ती पछि धनकुटा ,तेह्रथुम ,भोजपूर र संखुवासभा जिल्लाका नागरिलाई स्वास्थ्य सेवा लिन सहज हुनेछ । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टंक चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।