धनकुटामा १ सहित आज प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण पुष्टि,९ को मृ त्यु

विराटनगर, २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा ५, संखुवासभामा २, पाँचथर, ओखलढुङ्गा, तेहृथुम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण भएको हो ।

झापाको विर्तामोडमा ११, दमकमा ७, बुद्धशान्ति र कनकाईमा ५–५, गौरादहमा ३, भद्रपुर र मेचीनगरमा २–२, शिवसताक्षी, हल्दिबारी र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा २०, कटहरीमा ३, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा २–२, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ८, इटहरीमा ४, दुहवी, बर्जु, गढी र बराहक्षेत्रमा १–१, इलामको इलाम नगरपालिकामा ४ र चुलाचुलीमा १, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, ओखलढुङ्गाको सिद्धिचरण, तेहृथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८९ महिला र ७६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृ त्यु भएको छ । मृ हुनेमा ३ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।