‘मिस युनिभर्स नेपाल २०२१’ का लागि १६ सुन्दरी छानिए

काठमाडौंँ , ५ कार्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमंग क्रियसनले बिहीबार साँझ दरबारमार्गस्थित एक होटलमा प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा १६ जना प्रतियोगीले रेड कार्पेटमा र्‍याम्पवाक गर्दै मिडिया तथा उपस्थितमाझ आफ्नो परिचय जानकारी गराएका थिए । प्रतियोगीले आ त्मह त्या, यौ न शिक्षा, म हिनावारी, डेन्टल, महिला सशक्तीकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षालगायत विभिन्न सामाजिक मुद्दाका विषयमा बनाइएको दुईदेखि तीन मिनेट अवधिको भिडियोसमेत प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा १६ बाट अब शीर्ष १० छानिने छन् । छनाेटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत प्रतियोगीलाई प्राप्त भोटिङ हुनेछ । साथै, मिस ‘युनिभर्स नेपाल’ को पिपुल्स चोइसमा भोटिङ गर्न सकिने र प्रतियोगिताको ग्रान्ड फिनालेको भिआईपी टिकटसमेत अनलाइनमार्फत प्राप्त गर्न सकिने आयोजकले जनाएकाे छ ।

प्रतियोगिताको ग्रान्ड फिनाले ३० अक्टोबर अर्थात १३ कात्तिकमा आयोजना हुनेछ । प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ‘मिस युनिभर्स’ का लागि उमंग क्रियसनले गत वर्षबाट प्रतियोगी पठाउन थालेको हो । गत वर्ष ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व अंशिका शर्माले गरेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।